देश
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ स्वीकृत गरेको छ । सामुदायिक विद्यालयका शिक्षकको सरुवालाई सरल, सहज, व्यवस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र पारदर्शी बनाउन मन्त्रालयले आइतबार निर्देशिका स्वीकृत गरेको जनाएको छ ।
शिक्षा नियमावली २०५९ मा रहेर जारी निर्देशिकामा शिक्षक सरुवाका निम्ति स्थानीय तहले सूचना आह्वान गनुपर्ने उल्लेख छ । सरुवाको प्राथमिकता पदमा रहेर स्थायी सेवा गरेको अवधिका आधारमा छुट्याइने निर्देशिकामा जनाइएको छ ।
पदपूर्ति, सरुवा, प्राथमिकताक्रम, आवश्यक कागजपत्रलगायत ३२ वटा बुँदालाई समेटेर निर्देशिका सार्वजनिक गरिएको छ ।
हेरौँ निर्देशिका
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१ १७:०३
प्रतिक्रिया दिनुहोस्