site stats
बाह्रखरी :: Baahrakhari
देश
सहकारीका बचतकर्ताले निकाले विरोध र्‍याली

काठमाडौं । सहकारीका बचतकर्ताले सोमबार काठमाडौंमा विरोध र्‍याली निकालेका छन् । आफूहरूको बचत फिर्ता गराउन राज्य गम्भीर नभएको भन्दै उनीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालेका हुन् ।

सहकारीमा आफूहरूले जम्मा गरेको निक्षेप फिर्ताको वातावरण बनाउनुपर्ने मागसहित उनीहरूले माइतीघरमा धर्ना दिँदै आएका छन् । सहकारीको बचत अपचलनकर्तालाई कारबाही गर्दै रकम फिर्ता गर्ने सहमति सरकारले गरे पनि कार्यान्वयन नभएको उनीहरूले गुनासो गरे ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा उनीहरूले माइतीघरमा रिले अनशन समेत सुरु गरेका छन् । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्