site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जाभीको सुखद बिदाइ 

काठमाडौं । अन्तिम खेलमा सेभियाविरुद्ध २–१ को जित निकालेपछि बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले सुखद बिदाइ पाएका छन् । आइतबार राति भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोवस्की र फेर्मिन समान एक गोल गरे । सेभियाका युसुफ एन–नेसरीले गोल फर्काएका थिए । 

जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहँदै ला लिगा २०२३–२४ को अन्त्य गरेको छ । बार्सिलोनाका पूर्वखेलाडी समेत रहेका जाभी सन् २०२१ मा कतारी क्लब अल सादको जिम्मेवारी छोड्दै बार्सिलोनामा आएका थिए । 

जाभीको प्रशिक्षणमा बार्सिलोनाले सन् २०२२–२३ सिजनमा  ला लिगाको उपाधि जितेको थियो । तर, यस सिजन भने बार्सिलोनाले कुनै पनि उपाधि जित्न सकेन । “मेरो कामको उचित मूल्यांकन भएको जस्तो मलाई लाग्दैन । म मिश्रित भावनासहित क्लब छोड्दै छु । हामीले यो सिजन कुनै उपाधि नजिते पनि राम्रो गरेका थियौँ । मलाई लाग्छ हामी सही मार्गमा थियौँ र अहिले छौँ पनि,” अन्तिम खेलपछि जाभीले भने । 

बार्सिलोनाले जाभीको प्रशिक्षणमा एक ला लिगा र एक सुपर कपको उपाधि जितेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro