site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
कैलाश सिरोहियाका विषयमा बोलेका हरिवंश र मदनकृष्णले मागे माफी

काठमाडौं । अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)ले अदालतमा विचाराधीन विषयमा बोल्नु आफूहरूको गल्ती भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा आफूहरूले बोल्नु नै कमजोरी भएको उनीहरूले बताएका हुन् ।

अस्ट्रेलिया भ्रमणका विषयमा कुपन्डोलस्थित ब्रिक्स क्याफेमा बसेर आफूहरूले कुराकानी गरिरहेका बेला सम्पादकहरूबीच सिरोहियाबारे छलफल भइरहेको र अचानक बोल्दा कमजोरी भएको मदनकृष्णले उल्लेख गरेका छन् । तयारी नगरी बोल्नु नै कमजोरी भएको उनको भनाइ छ ।

अदालतमा विचाराधीन विषयमा आफूहरूले टिप्पणी नगरेको भए हुने भन्दै हरिवंशले माफी मागेका छन् । “अदालतमा विचाराधीन विषयमा नबोलेको भए पनि हुन्थ्यो । हामीबाट त्रुटि भयो । यत्रो वर्ष हामीलाई आफ्नै सम्झिएर माया गरिदिनुभयो, योपटक पनि यो सबै कुरा बिर्सिएर हामीलाई सम्झिएर माफी गरिदिनुहोला,” हरिवंशले भनेका छन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रेसका तर्फबाट कान्तिपुर मिडियाले ठूलो योगदान पुर्‍याएको भन्दै उनीहरूले अध्यक्ष सिरोहियालाई अदालतले न्याय दिने सञ्चारमाध्यमसँग बताएका थिए । सोही विषयमा सामाजिक सञ्जालमा आलोचना गरिएपछि उनीहरूले माफी मागेका हुन् ।

महजोेडी अहिले ‘मह जात्रा’ कार्यक्रमको सिलसिलामा अस्ट्रेलिया टुरमा छ ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro