site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सकियो धिरज र उपासनाको ‘खुस्मा’को छायांकन 

काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘खुस्मा’को छायांकन सकिएको छ । ४० दिनमा चलचित्रको छायांकन सकिएको हो । 

पहिलो चरणमा मनाङमा छायांकन गरिएको चलचित्रको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको विभिन्न स्थानका साथै कास्कीमा गरिएको थियो । 

Dabur Nepal
NIC Asia

मगर समुदायको सांस्कृतिक परिवेशमा निर्माण हुन लागेको प्रेमकथामा आधारित चलचित्रले जनयुद्धको प्रभावबीचको प्रेमलाई पर्दामा देखाउनेछ ।

चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनको यो पहिलो फिचर फिल्म हो । 

चलचित्रमा धिरज र उपासनासँगै माओत्से गुरुङ, खड्गबहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगरलगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्र असोज ३ गते रिलिज हुनेछ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro