site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सडक विभाग अगाडि फोहोर फालेको विषयमा मन्त्री महासेठले भने– कुनै कमेन्ट छैन
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले फेसबुक लेखेको स्टाटसमा कुनै सत्यता नभएको दाबी गरेका छन् । तर, मेयर शाहको सुझावलाई सकारात्मकरूपमै लिएको उनको भनाइ छ ।

"उहाँले स्टटसमा लेखेको कुरा सत्यता छैन । हामीले रोकेर त्यो रोकिने पनि होइन । मित्र राष्ट्र चीनसँग पूरै रिङरोड बनाउने सम्झौता भएको छ । यद्यपि, नेपाल सरकारले आफ्नो आन्तरिक बजेटबाट पनि यसपालि केही निर्माण गर्न बजेट व्यवस्थापन गरिसकेका छौँ । जुन प्रकारले अहिले काठमाडौं महानगरपालिकाले आफ्नो क्रियाकलाप देखाउनुभएको छ, त्यसप्रति हामीले सरसल्लाह गर्दै छौँ," आइतबार प्रतिनिधिसभा बैठकपछि उनले सञ्चारकर्मीसँग भने ।

शनिबार मेयर शाहले मन्त्री महासेठलाई सम्बोधन गर्दै सामाजिक सञ्जालबाट कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा महानगरवासीले धेरै धुलो खाएको बताएका थिए । उनले काम अगाडि नबढाउँदासम्म पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने भन्दै सडक विभागको कार्यालय अगाडि फोहोर राखिदिएको भिडियो पनि सँगै पोस्ट गरेका थिए ।

मन्त्री महासेठले सडक विभाग अगाडि फोहोर फालिदिएको विषयमा अहिले कुनै प्रतिक्रिया नदिने बताए ।

"मुखले बोल्नु भन्दा पनि उहाँले जुन धुलो फालेर गरिरहनुभएको छ, त्यसप्रति हाम्रो अहिले कुनै कमेन्ट छैन । चक्रपथ मित्रराष्ट्र चीनसँगको सम्झौतामा भएको हो । उहाँहरूले बनाउदिन भनेपछि नेपाल सरकारले बनाउँछौँ । हाम्रो छलफल भइरहेको छ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro