राजनीति
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सहमतिको बाधक बनिरहेको आरोप लगाएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसदीय छानबिन समिति गठनका विषयमा लचक भएर सत्तापक्षले छलफल गर्दा पनि कांग्रेसले अडान नछाडेको र सहमतिको बाधक बनिरहेको आरोप लगाएका हुन् ।
उनले अधिकतम लचक भएर कांग्रेसले भनेका विषयलाई सम्बोधन गर्न खोजे पनि कांग्रेसले एकपछि अर्को माग लिएर प्रस्तुत भएको बताए । सहमतिनजिक पुगेको काम शून्यमा पुर्याउने काम कांग्रेसबाट भएको उनको भनाइ छ । बर्तौलाले कांग्रेसले निरन्तर संसद्मा बबन्डर गर्नु औचित्यहीन भएको धारणा राखे ।
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१ १६:०४
प्रतिक्रिया दिनुहोस्