site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अफगानिस्तानमा महिलामाथि लगाइएको प्रतिबन्धले बालविवाह २५ प्रतिशतले बढ्ने : संयुक्त राष्ट्रसंघ

काबुल । तालिवान सरकारले महिला र युवतीहरूमाथि लगाएको प्रतिबन्धले अफगानिस्तानमा बालविवाहको संख्या २५  प्रतिशतले बढ्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । 

संयुक्त राष्ट्र महिला, आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) र अफगानिस्तानका लागि संयुक्त राष्ट्र सहायता कार्यक्रम (युएनएएमए)ले संयुक्त विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष अफगान महिलाहरूले सामना गर्ने मुद्दा र उनीहरूको मागहरू प्रस्तुत गरिएको छ । 

विवरणअनुसार तालिवानले महिला तथा बालिकामाथि लगाएको प्रतिबन्धले बालविवाहमा २५ प्रतिशतले वृद्धि, प्रारम्भिक प्रसवमा ४५ प्रतिशतले वृद्धि र मातृ मृत्युको जोखिम ५० प्रतिशतले बढ्नेछ । हाल ८२ प्रतिशत अफगानी महिलाहरूको मानसिक स्वास्थ्य खराब भएको विज्ञप्तिमा जनाइएको छ । 

Dabur Nepal
NIC Asia

अफगानिस्तान विश्वको एक मात्र राष्ट्र हो जसले केटीहरूलाई छैटैँ कक्षाभन्दा माथि पढ्न प्रतिबन्ध लगाएको छ । टोलो न्युज रिपोर्टका अनुसार अफगानी महिलाहरूलाई विश्वविद्यालयमा जान पनि प्रतिबन्ध लगाइएको छ । 

संयुक्त राष्ट्रसंघका निकायहरूले जारी गरेको संयुक्त विवरणअनुसार तालिवानले लगाएको प्रतिबन्धका बाबजुद अफगानी महिलाहरूले आफ्नो सम्मानपूर्वक बाच्न पाउने अधिकारका लागि लड्न छोडेका छैनन् । विज्ञप्तिमा भनिएको छ, “अफगानी महिलाहरूले अझै पनि नागरिक समाज संगठनहरू गठन गरिरहेका छन्, व्यवसायहरू चलाइरहेका छन् र अझै पनि आफ्ना समुदायहरूलाई सेवा प्रदान गरिरहेका छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा उनीहरू अन्तर्राष्ट्रिय समुदायमा आफ्ना मागहरू स्पष्ट पार्ने तरिकाहरू खोज्न तल्लिन छन् ।” 

आईओएम र युएनएएमएको संयुक्त विज्ञप्तिमा अफगानी महिलाहरूले अन्तर्राष्ट्रिय समुदायसमक्ष शिक्षा र रोजगारको अधिकारसहित महिलाको अधिकार पुनः स्थापित गर्न आग्रह गरेका छन् ।

यसैबीच, संसारसँग यी प्रतिबन्धहरूलाई सम्बोधन गर्ने नीति नभएको विश्लेषकहरूले बताएका छन् । “जबरजस्ती विवाहलाई केटीहरूलाई उनीहरूको शिक्षा जारी राख्नबाट रोक्ने अवरोधहरूको एउटा सानो अंश मान्न सकिन्छ, तर संयुक्त राष्ट्रसंघको महिला शाखाले दाबी गरेअनुसार त्यस्तो होइन । बालिकाहरूको शिक्षामा मुख्य र महत्त्वपूर्ण अवरोधबारे संयुक्त राष्ट्रसंघ, विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरू र प्रमुख शक्तिहरू जानकार छन्, तर उनीहरुले यो विषय सम्बोधन गरिरहेका छैनन् । अफगानिस्तानका केटी र महिलाहरूबाट यो प्रतिबन्ध हटाउन उनीहरूसँग आधारभूत र सैद्धान्तिक नीति छैन,” राजनीतिक विश्लेषक नेसर अहमद सेरजाईले भने ।   

“केटीहरूको शिक्षामा प्रतिबन्ध लगाइएपछि उनीहरूका परिवारले आफ्ना छोरीलाई अफगानिस्तानको सिद्धान्त र कानुनको विपरीत न्यूनतम सोह्र वर्ष पुरा नगरी विवाह गर्न बाध्य गरिरहेका छन्,” महिला अधिकारकर्मी सोराया पाइकनले भनिन् ।  

यसअघि, अमेरिकासहित धेरै राष्ट्रहरूले अफगानिस्तानमा महिलाविरुद्धको प्रतिबन्ध हटाउन आह्वान गर्नुका साथै महिला अधिकार सुनिश्चित नगरेसम्म तालिबानलाई औपचारिक रूपमा मान्यता नदिने बताएका थिए । रासस/एएनआई

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro