site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुजरात आगलागीमा मृत्यु हुनेको संख्या २७ पुग्यो

गुजरात । भारतको गुजरातस्थित राजकोटको टीआरपी गेम जोनमा शनिबार भएको आगलागीबाट मृत्यु हुनेको संख्या २७ जना पुगेको छ । सो सहरका प्रहरी कमिस्नर राजु भार्गवका अनुसार आगलागीमा परेर मृत्यु हुनेको संख्या २७ पुगेको हो । मृतकहरूमा बच्चा पनि रहेका छन् ।

एक स्थानीय पत्रकारका अनुसार शवलाई राजकोटस्थित सिभिल अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । डीएनए परीक्षणपछि शवको पहिचान गर्न नमुना लिने काम भइरहेको छ ।

राजकोटको मावारोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउन फायर ब्रिगेडका कयौं गाडी प्रयोग गरिएका थिए । आगलागी यति भीषण थियो कि पाँच किमीको दूरीसम्म धुवाँ उडेको देखिएको थियो ।

गुजरात सरकारले घटनाको जाँचका लागि पाँच सदस्यीय कमिटी गठन गरेको जनाएको छ । सो कमिटीको अध्यक्षता सीआईडी प्रहरी महानिर्देशक सुवास त्रिवेदीलाई जिम्मेवारी दिइएको जनाइएको छ । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro