site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकै सिजनमा पूर्णिमा तीनपटक सगरमाथाको शिखरमा
तस्बिर : एटके एक्सपिडिसनको फेसबुकबाट साभार ।

काठमाडौं । हिमाल आरोही पूर्णिमा श्रेष्ठले एकै सिजनमा तीनपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । यो सिजनमा तेस्रोपटक शनिबार बिहान ५ बजेर ५० मिनेटमा उनले सगरमाथाको सफल आरोहण गरेको एटके एक्सपिडिसनले जानकारी गराएको छ ।

एटके एक्सपिडिसनका लक्पा शेर्पाका अनुसार, यो सिजनमा उनले यसअघि यही मे १२ र मे १९ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

एकै सिजनमा तीनसहित पूर्णिमाले हालसम्म चारपटक सगरमाथाको सफल आरोहण गरेको शेर्पाले फेसबुकमार्फत जानकारी गराएका छन् ।

उनका अनुसार, पूर्णिमाले आठ हजार मिटरभन्दा अग्ला आठ हिमालको सफल आरोहण गरिसकेकी छन् । उनी फोटोपत्रकार समेत हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro