site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोनाका प्रशिक्षक जाभी बर्खास्त, नयाँ जिम्मेवारी हेन्सी फ्लिकले लिने 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक जाभी हर्नान्डेजलाई बर्खास्त गरेको छ । बार्सिलोनाले प्रशिक्षक जाभीलाई हटाएको चर्चित इटालियन खेलकुद पत्रकार फाब्रिजियो रोमानाले पुष्टि गरेका हुन् । 

रोमानाले शुक्रबार बिहान जाभी र क्लबका अध्यक्ष हुआन लापोर्टाबीच भएको भेटपछि बार्सिलोनाले उनलाई जिम्मेवारीबाट हटाएको जनाएका छन् । यसअघि जाभी र बार्सिलोनाले दुई हप्ताअघिमात्र सम्झौता नवीकरण गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

जाभी सन् २०२१ मा कतारी क्लब अल सादको जिम्मेवारी छोड्दै बार्सिलोनामा आएका थिए । जाभी मुख्य प्रशिक्षक बनेको पहिलो सिजन नै बार्सिलोनाले ला लिगाको उपाधि जितेको थियो । 

बार्सिलोनाका पूर्वखेलाडी समेत रहेका जाभीले क्लब छोड्ने निश्चित भएसँगै क्लबले नयाँ जिम्मेवारीमा हेन्सी फ्लिकलाई ल्याउने भएको छ । रोमानाले फ्लिक बार्सिलोनाको जिम्मेवारीमा आउन तयार रहेको जनाएका हुन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement