विदेश
पपुवा न्युगिनी । पपुवा न्युगिनीमा आएको विशाल पहिरोले ६ दुर्गम गाउँ प्रभावित भएका छन् । ठूलो संख्यामा मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।
शुक्रबार बिहान गएको सो पहिरोले इन्गा भन्ने स्थानमा १०० भन्दा बढी घरलाई पुरेको जनाइएको छ । पहिरोमा कति मानिस परे भन्ने खुल्न सकेको छैन ।
इन्गाका गभर्नर पिटर इप्तासले सो घटनालाई अप्रत्यासित प्राकृतिक विपत्ति भएको जनाएका छन् । पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेले सरकारले विपत्तिसम्बन्धी अधिकारीलाई पहिरो प्रभावित क्षेत्रमा पठाएको जनाएका छन् । बीबीसी
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१ १४:१७
प्रतिक्रिया दिनुहोस्