site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टीओआर टुंग्याउन कार्यदलको बैठक जारी

कामठाडौं । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंग्याउनका लागि गठित कार्यदलको बैठक बसिरहेकाे छ । 

कानुनमन्त्री पदम गिरी संयोजकत्वको कार्यदलको बैठक बसिरहेकाे कानुनमन्त्री गिरीका प्रेस सल्लाहकार श्रीधर पौडेलले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा कानुनमन्त्री गिरी, कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियार, एमालेका महेश बर्ताैला र रास्वपाका शिशिर खनाल सहभागी छन् । 

यसअघि बिहीबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछाडेपछि सहमति जुट्न सकेको थिएन । संसदीय समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो मागबाट पछि हटेको छैन । सत्तारूढ दलहरूले गृहमन्त्रीको नाम नभएर उनी जोडिएको भनिएका सहकारीको नामसम्म लेख्न सकिने बताइरहेका छन् ।

शुक्रबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । त्यसअगाडि नै सहमति गर्ने नेताहरूको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । यसअघि नै सहमति जुटाउन कार्यदलको बैठक बसेको हो । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro