site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वादोरियो कराँतेको टोली नर्वे जाँदै
SkywellSkywell

काठमाडौं । नेपाल वादोरियो कराँते डो संघको टोली वादोरियो कराँतेको 'तेस्रो ग्रान्ड मास्टर हिरोनोरी ओत्सुका'बाट हुने विशेष सेमिनारमा सहभागी हुन नर्वे जाने भएको छ ।

वादोरियो कराँते डो संघका संस्थापक प्रमुख प्रशिक्षक एवं कराँते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी नेतृत्वको चार सदस्यीय टोली मे २५ र २६ मा हुने विशेष सेमिनारमा सहभागिता जनाउन  शुक्रबार नर्वे प्रस्थान गर्न लागेको हो ।

Dabur Nepal
NIC Asia

अध्यक्ष केसीसँगै प्रशिक्षक सिमोन खत्री, टिम मेनेजर सुमन तिमिल्सिना र प्रशिक्षक विनोद तामाङसहितको चार सदस्यीय टोलीलाई बिहीबार राखेपका उपाध्यक्ष शिव कोइरालाले एक कार्यक्रमकाबीच बिदाइ गरे ।

प्रशिक्षण कार्यक्रमपछि प्रशिक्षक विनोद तामाङ नेदरल्यान्ड्समा हुने १४औँ रोटरड्याम कप इन्टरनेसनल टुर्नामेन्टमा सहभागी हुने अध्यक्ष केसीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  २२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu