site stats
बाह्रखरी :: Baahrakhari
देश
समाज कल्याणका कर्मचारीलाई यौनजन्य दुर्व्यवहारविरुद्धको आचारसंहिताबारे प्रशिक्षण

काठमाडौं । समाज कल्याण परिषद्का कर्मचारीहरूलाई कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारविरुद्धको आचारसंहिताबारे सचेतना दिइएको छ । परिषद्‌ आउने सेवाग्राही, सहकर्मी कर्मचारी तथा अनुगमन मूल्यांकनमा जाँदा हुने यौनजन्य दुर्व्यवहारविरुद्ध एकदिने सचेतना कक्षा सञ्चालन गरिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले परिषद्का कर्मचारी, मूल्यांकनमा जाने टिम लिडर लगायतले सेवाग्राहीसँग आचारसंहिताविपरीत व्यवहार गर्ने गरेको उजुरी तथा गुनासो आएपछि परिषद्का पदाधिकारी, विभागीय प्रमुख तथा कर्मचारीहरूलाई विषयगत विज्ञबाट सचेतना दिन निर्देशन दिएकी थिइन् । 

Argakhachi Cement Island Ad

सोही अनुरूप परिषद्ले सबै विभागका कर्मचारीहरूलाई व्यवहारिक, नैतिक र कानुनी ज्ञानसहित आचारसंहिताबारे सचेतना दिएको हो । 

उक्त सचेतनाले कार्यस्थलमा महिला, पुरुषले एक अर्कालाई कसरी सम्मानपूर्वक व्यवहार गर्ने ? यौनजन्य दुर्व्यवहार भनेको के हो ? कसरी हुन्छ ? त्यस्ता दुर्व्यवहारबाट कसरी बच्ने, कानुनी प्रावधान के छ ? लगायत कानुनी र व्यवहारिक प्रशिक्षण दिइएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्