site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सन्दीपलाई भिसा दिलाउने गरी सहजीकरण गर्न खेलकुद मन्त्रालयले परराष्ट्रलाई पठायो पत्र 
फाइल तस्बिर ।

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका पठाउन युवा तथा खेलकुद मन्त्रालयले पहल गरेको छ । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले दिएको जानकारीअनुसार लामिछानेलाई विश्वकप खेल्न पठाउन मन्त्रालयले पहल जारी राखेको छ । 

जसका लागि आज (बिहीबार) युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँग छलफल भएको छ । सोपश्चात् मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको सचिवालयले जानकारी दियो । 

यता, खेलकुदमन्त्री श्रेष्ठले सन्दीपको भिसाको लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको जानकारी दिए । उनले अझै पनि सबै किसिमको सहयोगलाई जारी राख्ने बताए । मन्त्रालयका अनुसार अब परराष्ट्र मन्त्रालयले सन्दीपको भिसाको विषयमा कामकारबाही अगाडि बढाउनेछ । लामिछानेले आफूलाई टी–ट्वान्टी विश्वकप खेल्न जाने भिसा अमेरिकाले नदिएको बुधबार जानकारी दिएका थिए । अमेरिकी दूतावासले सो कुरा स्वीकार गर्दै भिजा प्रक्रिया गोप्य हुने भन्दै थप जानकारी दिन अस्वीकार गरेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro