site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेंगलुरुलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध चार विकेटको जित निकाल्दै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार अहमदाबादमा बेंगलुरुले प्रस्तुत गरेको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

राजस्थानको जितमा ओपनर यशस्वी जयसवालले ४५ रन बनाए । रियान परागले ३६, सिम्रन हेटमायरले २६, टिम कोह्लेर क्याडमोरले २० र कप्तान सञ्जु सामसनले १७ रन जोडे । रोभमन पावेल १६ रनमा अविजित रहे ।

बेंगलुरुका मोहम्मद सिराजले दुई विकेट लिए । लकी फर्गुसन, कर्ण शर्मा र क्यामरुन ग्रिनले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको बेंगलुरुले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७२ रन बनाएको थियो । बेंगलुरुका रजत पटिदरले ३४ रन बनाए । विराट कोहलीले ३३, मिपाल लोम्रोरले ३२, क्यामरुन ग्रिनले २७ र कप्तान फाफ डु प्लेसिसले १७ रन थपे ।

राजस्थानका आवेस खानले तीन विकेट लिए । रविचन्द्रन आश्विनले दुई र ट्रेन्ट बोट, सन्दीप शर्मा र युजवेन्द्र चहलले समान एक विकेट लिए ।

राजस्थानले अब फाइनलमा प्रवेशका निम्ति सनराइजर्स हैदराबादसँग खेल्नेछ । पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भएपछि हैदराबादले दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro