site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भयावह बन्दै आँखाको समस्या ‘मायोपिया’, उमेर बढ्दै जाँदा थप जोखिम 
प्रतीकात्मक तस्बिर

काठमाडौं । पछिल्ला वर्षहरूमा मायोपिया अर्थात् टाढाको वस्तु हेर्न कठिन हुने समस्या बालबलिकामा भयावह बन्दै गएको छ । उमेर बढेसँगै यसले निम्त्याउने जटिलताहरू पनि निम्तिरहेको विज्ञहरू बताउँछन् । नेपालमा पनि पछिल्ला अध्ययनहरूले स्कुले उमेरका करिब २५ प्रतिशत बालबालिकामा मायोपियाको समस्या देखिएको तिलगांगा आँखा अस्पतालकी बाल आँखारोग विशेषज्ञ डा. सिर्जना अधिकारी बताउँछिन् । 

मायोपिया नवजात शिशु तथा वयस्कमा पनि देखिने गरे पनि शरीर वृद्धि हुने उमेरसम्म बढी देखिन्छ । डा. अधिकारीका अनुसार १८ वर्षमुनिका बालबालिकामा धेरै देखिने गरेकाले यसलाई ‘स्कुल मायोपिया’ पनि भनिन्छ । 

बालबालिकामा मायोपिया भएको कसरी थाहा पाउने ? 

मायोपिया बालबालिकामा देखिने आमसमस्या हो । यो कुनै रोग नभई आँखाको अवस्था हो, जसमा उनीहरूकोे आँखाको पावर माइनस ०.५ भन्दा कम हुन जान्छ । यस्तो अवस्थामा बालबालिकामा टाढाको वस्तु देख्न नसक्ने, टाउको दुःख्ने, पोल्ने आँखा झिमझिम गरिरहने, कक्षामा राम्रोसँग लेख्न वा सार्न नसक्नेजस्ता लक्षण देखिन्छ । 

कोरोनाकालपछि यो समस्या नेपालमा पनि भयावह बन्दै गएको डा. अधिकारीको भनाइ छ । कोरोनाकालमा बालबालिका घरबाट बाहिर निस्कन धेरै नपाउनु, मोबाइल, ल्यापटप तथा ग्याजेट्स आँखानजिक राखेर धेरै चलाउनुजस्ता कारणले मायोपियाको समस्या लिएर धेरै बालबालिका अस्पताल आइपुग्ने गरेका डा. अधिकारी बताउँछिन् । 

उनका अुनसार नजिकैबाट स्क्रिनमा हेर्दा लक्षणबारे थाहा नभए पनि पछि टाढाको वस्तु मधुरो देख्न थालेपछि अभिभावकले उपचारका निम्ति अस्पताल ल्याउने गर्छन् । मायोपियाको समस्या केही वंशाणुगत हुन्छ भने अधिकांश अवस्थामा स्क्रिनमा धेरै हेर्नु नै मुख्य कारण हो । यसबाहेक धेरै पढिरहने बानी भएका बालबलिकामा पनि मायोपियाको समस्या देखिने गरेको छ । 

उमेरसँगै थप जटिलताको जोखिम 

डा. अधिकारीका अनुसार मायोपिया आफैँमा जटिल समस्या होइन । तर, उमेरसँगै यसले जटिलता निम्त्याउने जोखिम बढी हुन्छ । सामान्यतः शरीरको वृद्धि विकास हुने उमेरसम्म आँखाको पावर पनि बढ्दै जान्छ । बालबालिकामा माइनस ०.५ वा सोभन्दा कम पावर भए माइनसमा नै पावर बढ्दै जाने जोखिम हुन्छ । समयमा रोकथाम नभएमा यसले आँखाको पर्दा च्यातिने, रगत जम्ने, सेतो धब्बा बन्नेजस्ता विभिन्न समस्या निम्तिन सक्ने डा. अधिकारी बताउँछिन् ।  

के हो त उपचार ? 

मायोपियाको प्रमुख उपचार चस्माको प्रयोग नै हो । यसबाहेक केहीमा कन्ट्याक लेन्सको प्रयोग गर्नुपर्ने हुनसक्छ । तर, शरीरको वृद्धि विकास हुने उमेरसम्म अर्थात् सामान्यतः १८ देखि २० वर्षको उमेरसम्म यसलाई रोकथाम गर्नुपर्ने हुन्छ ।  “चस्मा लगाएर दुई वर्षसम्म औषधि प्रयोग गर्नु सबैभन्दा प्रभावकारी र सहज उपचार विधि हो, १८ वर्षपछि भने लेजर पद्धतिमार्फत स्थायी उपचार गर्न सकिन्छ,” डा. अधिकारी भन्छिन् । 

लेजर शल्यक्रियामार्फत मायोपिया हटाउने विधि हो । तर, सबै अवस्थामा यो विधि प्रयोग गर्न मिल्दैन । मायोपिया नहटेसम्म बिरामीले चस्माको प्रयोग गरिरहनुपर्छ । तर, औषधि र चस्माको नियमित प्रयोग गरे मायोपिया थप जटिल नबन्ने उनी बताउँछिन् । 

यसरी जोगाऔँ मायोपियाबाट 

बालबालिकामा मायोपियाको समस्या हुन नदिन स्क्रिनमा धेरै हेर्न नदिनु नै मुख्य रोकथामको उपाय हो । दैनिक कम्तिमा दुई घण्टा घर बाहिरको वातावरणमा खेल्न प्रेरित गर्ने, हरेक २० मिनेटमा २० फिट टाढा २० सेकेन्डसम्म हेर्ने (२०–२०–२० विधि ) बानी गराउनु पर्दछ । यदी बालबलिकामा मायोपियाका कुनै पनि लक्षण देखिए तत्काल आँखारोग विशेषज्ञकहाँ पुर्‍याउन डा. अधिकारीको सुझाव छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro