site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको अवरोधपछि मंगलबारसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधसँगै राष्ट्रियसभा बैठक स्थगित भएको छ । 

सोमबारको राष्ट्रियसभा बैठकमा पनि कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो । कांग्रेसको विरोधपछि बैठक मंगलबार दिउँसो १ बजेर १५ मिनेटसम्मका लागि स्थगित भएको छ । सो क्रममा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाही अघि बढ्न नसकेको र प्राप्त उपलब्धिहरूमाथि औंला ठड्याउने काम भइरहेको बताए । 

उनले राष्ट्रियसभा सबै समस्या हल गर्ने थलो भएकाले आसन ग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गरे । अध्यक्षको आग्रहपछि पनि कांग्रेसले उठेर विरोध जनाएपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको घोषणा अध्यक्ष दाहालले गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro