site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत 
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेससहित दलको नारबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन् । सोमबारकाे प्रतिनिधिसभाको दोस्रो बैठकमा उनले विश्वास मत प्राप्त गरेका हुन् । बैठकमा १५८ उपस्थित थिए ।  उनको पक्षमा १५७ मत पर्‍यो । विपक्षमा शून्य र तटस्थमा एक मत परेको सभामुख देवराज घिमिरेले जनाए । 

सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग राख्दै प्रतिपक्षीहरूले नारबाजी गरिरहे । १५ मिनेटका लागि स्थगित भएपछि बसेको दोस्रो बैठकमा मर्यादापालक लगाएर प्रधानमन्त्री प्रचण्ड रोष्ट्रम पुगेका थिए । उनको विश्वासको मतमाथिको प्रस्तावमा एमालेका उपाध्यक्ष विष्णु पौडेलमात्रै छलफलमा सहभागी भए । त्यसपछि निर्णय प्रक्रियामा लगियो । 

केही समययता कांग्रेसले छानबिन समितिको माग राख्दै सदन अवरोध गर्दै आइरहेको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro