site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो– संसदीय समिति बनाएर विश्वासको मत लिन आउनुस् 
फाइल तस्बिर ।

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहकारी बचत रकम अपचलनबारे संसदीय छानबिन समिति बनाएर मात्रै विश्वासको मत लिन सदनमा आउन आग्रह गरेको छ । 

आज बसेको पार्टी संसदीय दलको बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले समिति बनाएर गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान हुने सुनिश्चित गरेर मात्रै सदनमा आउन आग्रह गरे । “सदन चल्न दिने र नदिने कुनै कन्फ्युजन नै छैन । समिति बनाउनुुुस् । माननीय रवि लामिछानेमाथि अनुसन्धानको सुनिश्चितता गर्नुस्,” उनले भने, “समिति बनाएर सदनमा आउनुस् । विश्वासको मत मात्रै होइन । सरकारका जति कार्यसूची छन् । राति २ बजेसम्म सदन चलाउनुस् हामी तयार छौँ ।” 

प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा इज्जतपूर्वक विश्वासको मत लिएको सन्देश दिने भए समिति बनाएर आउने उनको विश्वास छ । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने संसद्को कार्यसूची छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro