site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीमाथि बाटो छेक्ने र दुर्व्यवहार गर्ने काम भयो : माधव सापकोटा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दुर्व्यवहार गरेको आरोप लगाएका छन् । आजको प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रधानमन्त्री आफ्नो कार्यकक्षमा जान खोज्दा बाटो छेकिएको उनको भनाइ छ ।

“प्रधानमन्त्रीले तपाईं जिम्मेवारी हुनुस् भन्दा र सम्माननीय सभामुखले संसद् स्थगित गरेरे उहाँ आफ्नो च्याम्बरमा जाने बेलामा बाटो छेक्ने र दुर्व्यवहार गर्ने काम गर्नुभएको छ,” उनले भने ।

Argakhachi Cement Island Ad

उनले कांग्रेसका उपसभापति धनराज गुरुङले उपसभामुखलाई समेत उठाएको आरोप लगाए । उनले बिहान भएको छलफलको स्प्रिटबाट कांग्रेस पछि हटेपछि सत्तापक्ष अघि बढेको बताए ।

उनले बिहानको छलफलमा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने र सत्ता पक्षले संसदीय छानबिन समिति बनाउने कुरा भएको सुनाए ।

“आज जे घटना भयो, मलाई त सांसद हुँ भन्न पनि लज्जाबोध भएको छ,” उनले भने, “नेपाली कांग्रेसका शीर्ष नेताबाट जे गतिविधि भए त्यसमा क्षमा मागेर आगामी दिनमा संसद्लाई शोभनीय, गरिमामय बनाउँछौँ भनेर कमिटमेन्ट गर्नुपर्छ ।”

उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिन नपाएको बताए । आगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यतालाई प्रमुख प्रतिपक्षले बुझ्नुपर्ने उनी बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्