site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पञ्जाबविरुद्ध राजस्थान पाँच विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा ‘एलिमिनेट’ भइसकेको टोली पञ्जाब किंग्सले राजस्थान रोयल्सविरुद्ध पाँच विकेटको जित निकालेको छ । बुधबार गुवाहाटीस्थित बार्सपारा क्रिकेट मैदानमा राजस्थानले प्रस्तुत गरेको १४५ रनको लक्ष्य पञ्जाबले १८.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

पञ्जाबको जितमा कप्तान साम करनले ४१ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ६३ रन बनाए । राइली रुसो र जितेश शर्माले समान २२, आशुतोष शर्माले अविजित १७ र जोनी बेयरिस्टोले १४ रन जोडे ।

राजस्थानका आवेस खान र युजवेन्द्र चहलले समान दुई विकेट लिए । ट्रेन्ट बोल्टले एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४४ रन बनाएको थियो । राजस्थानका रियान परागले ४८ रन बनाए । रवीचन्द्रन आश्विनले २८, कप्तान सञ्जु सामसन र टम कोहलर–क्याडमोरले समान १८ जोडे । ट्रेन्ट बोल्टले १२ रन बनाए ।

पञ्जाबका साम करन, हर्षल पटेल र राहुल चहरले समान दुई विकेट लिए । अर्शदीप सिंह र नाथन एलिसले समान विकेट लिए ।

जितका बाबजुद प्लेअफ दौडबाट बाहिरिइसकेको पञ्जाबले १३ खेलबाट १० अंक जोडेको छ । प्लेअफमा पुगिसकेको राजस्थानको समान खेलबाट १६ अंक छ । राजस्थानको हारले कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा रहँदै प्लेअफ खेल्ने निश्चित भएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro