site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नरेन्द्र मोदीविरुद्ध कमेडियन रंगिलाको उमेदवारी 

वाराणसी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्धमा वाराणसीबाट स्ट्याण्ड अप कमेडियन तथा युट्युबर श्याम रंगिलाले समेत लोकसभा निर्वाचनका लागि उमेदवारी दर्ता गरेका छन् ।

सोसम्बन्धमा सोसल मिडियामा जानकारी दिँदै उनले एक्समा लेखेका छन्, “तपाईंहरू सबैको माया र सहयोगबाट नियमअनुसार सबै प्रक्रिया पूरा गरेर मैले उमेदवारी दर्ता गरेको छु । मेरो यो देशको लोकतन्त्रप्रति अझै पनि भरोसा रहेको छ । अब आगामी दुई तीन दिन महत्वपूर्ण हुनेछन् । तपाईंहरु सबैको सहयोगका लागि धेरै धन्यवाद ।”

यसअघि उनले उमेदवारी दिन नपाएको भन्दै गुनासो गरेका थिए । उनका फेसबुक पेजमा  आठ लाखभन्दा बढी र युट्युबमा करिब साढे ९ लाख फलोअर्स छन् ।

प्रधानमन्त्री मोदीले पनि मंगलबार वाराणसीबाट उमेदवारी दर्ता गराएका थिए । उनी यसपालि तेस्रोपटक सो क्षेत्रबाट चुनाव लड्दैछन् ।

उमेदवारी दर्ता गर्ने क्रममा उनले सोसल मिडियामा भनेका थिए, “कासीको मेरो परिवारजनमा हृदयबाट नै आभार । वाराणसीबाट लगातार तेस्रोपटक उमेदवारी दर्ता गर्दा निकै उत्साहित छु । बितेका १० वर्षमा तपाईंहरू सबैबाट अद्भूत स्नेह र आशीर्वाद मिलेको छ । त्यसले मलाई निरन्तर सेवाभाव र संकल्पको साथ काम गर्नका लागि प्रेरित गरेको छ । यहाँहरूको भरपुर समर्थन र सहभागिताले म आफ्नो तेस्रो कार्यकालमा पनि नयाँ ऊर्जा—शक्तिका साथ यहाँको चौतर्फी विकास र जनताको कल्याणमा जुटिरहनेछु ।” बीबसी
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro