कला
काठमाडौं । चलचित्र ‘मोदीबेनी’ साउन १८ गते रिलिज हुने भएको छ । ‘मोदीबेनी’ले पर्वतको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित कथा भन्नेछ ।
शंकर कोइरालाले निर्देशन गरेको चलचित्रमा अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् । उनको अपोजिटमा अभिनेत्री वर्षा सिवाकोटी छिन् ।
दिलीप केसी निर्माता रहेको चलचित्रबाट अभिनेत्री रेजिना उप्रेतीले करिब १२ वर्षपछि कमब्याक गरेकी छन् । चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १२:२०
प्रतिक्रिया दिनुहोस्