site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी सरकारको मुद्दा छिनोफानो नभएसम्म प्रदेशसभामा उपस्थित हुँदैनौँ : कांग्रेस
फाइल तस्बिर

विराटनगर । कोसी प्रदेशसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले कोसी प्रदेश सरकारबारेको मुद्दाको फैसला नआउन्जेलसम्म प्रदेशसभा बैठकमा उपस्थिति नहुने निर्णयअनुसार बैठकमा सहभागी नभएको बताएका छन् । 

सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कोसी प्रदेश सरकारबारे सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला नआउन्जेलसम्म संसद्‌मा उपस्थित नहुने बताएका हुन् । उनले कांग्रेसले सोमबारको बैठक सारेर ९ गते सर्वोच्च अदालतले फैसला गरेपछि मात्रै बैठक राख्न सभामुखसँग आग्रह गरेको भए पनि त्यसो हुन नसकेको बताए । 

उनले सरकार निर्माणको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको कारणले कांग्रेस पार्टीले अहिलेको कोसी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न खडा गरेको बताए । उनले अदालतको निर्णयलाई स्वीकार गरेर जाने पनि बताए ।

“अहिले कोसी प्रदेशको निर्वाचित सरकारको विषयमा अदालतमा यो मुद्दा विचाराधिन रहेको छ । यसको सुनुवाई पनि ९ गते हुने सर्वोच्चबाट जनकारी पाएका छौँ । खासगरी अहिले सरकार निर्माणको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको कारणले नेपाली कांग्रेसले अहिलेको कोसी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न खडा गरेको छ । यसलाई कांग्रेसले स्वीकार नगरेको अवस्था छ । हामीले आग्रह अनुरोध गर्‍यौँ, सभामुखज्युमार्फत ९ गतेको फैसलापछि नै बैठक आह्वान होस् भनेर । अदालतको निर्णय जे आउँछ, त्यसलाई हामीले स्वीकार गरेर भोलि हिक्मत कार्कीजीको सरकारलाई नै अदालतले मान्यता दियो भने हामी विश्वासको मत पनि दिएर जाने भन्ने छलफल भएको थियो । आज प्रदेशसभाको बैठक बस्यो । केन्द्रीय परामर्शअनुसार यो मुद्दा विचाराधिन रहेको कारणले बैठक बहिष्कार पनि होइन, विरोध पनि होइन, सर्वोच्चको फैसला नआउन्जेलसम्म अस्वीकार गरेर जानुपर्ने हाम्रो निर्णय भएको छ,” उनले भने । 

प्रदेश सरकारबारे अदालतमा मुद्दा चलिरहेको र अन्तिम सुनुवाइको मिति तोकिसकिएको समयमा हतारमा मुख्यमन्त्रीले विश्वासको मत लिन खोजेको कांग्रेसको आरोप छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro