site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्डलाई कारबाही गर्नुपर्ने राप्रपाको माग
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गर्नुपर्ने माग गरेका छन् । आइतबार सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकबीचको छलफलपछि उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिका आधारमा कारबाही गरिनुपर्ने बताएका हुन् ।

सहकारीको बचत हिनामिनाका आरोपित जीबी राईलाई तत्कालीन सरकारले भगाएको भनी गृहमन्त्रीले अभिव्यक्ति दिएको भन्दै उनले कारबाहीको माग गरे ।

“देशको गृहमन्त्रीले भनेको कुरा त हामीले विश्वास मान्नैपर्‍यो । सभामुखलाई अनुरोध गर्न चाहन्छौँ,” उनले भने, “अपराधीलाई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ । गृहमन्त्रीले पक्राउ पुर्जी जारी गर्नुपर्छ ।”

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro