site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डडेल्धुराका घर घरमा चिठी पठाएर भोट माग्दै प्रधानमन्त्री
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराका मतदाताहरुसँग मत माग्दै व्यक्तिगत रुपमा चिठी पठाएका छन् ।

उनले मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसका पक्षमा मतदान गर्न डडेल्धुराका मतदाताहरुलाई पत्राचार गरेर भोट मागेका हुन् ।

प्रधानमन्त्री देउवाले मतदाताहरुको नाम, मतदान केन्द्र, क्रम संख्या र मतदाता नम्बर उल्लेख गरेर मतदाताहरुलाई पत्राचार गरेका छन् । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब ४० लाख प्रति चिठी लेखेर मतदातासमक्ष पठाएका थिए ।

KFC Island Ad
NIC Asia

प्रधानमन्त्री देउवाले पत्रमा अहिले आफुले राष्ट्रिय रुपमा सम्हालेको जिम्मेवारी डडेल्धुराबासीको साथ, सहयोग र प्रतिफल भएको उल्लेख गरेका छन् । 

‘‘आज म जहाँ छु, जे छु र राष्ट्रिय रुपमा जुन जिम्मेवारी पूरा गरिरहेको छु, त्यो तपाईँको अमूल्य साथ, सहयोग र सद्भावको प्रतिफल हो’’, उनले डडेल्धुराका मतदाताहरुलाई पठाएको चिठीमा लेखिएको छ, ‘‘तपाईंको निरन्तरको मत, सद्भाव र आशीर्वाद नभएको भए डडेल्धुराको यही गाउँ र विकटताबाट उठेर एक पटक गृह मन्त्री, चार पटक प्रधानमन्त्री र पार्टीको सभापतिका रुपमा राष्ट्रिय भूमिका निर्वाह गर्ने अवसर मलाई प्रप्त हुने थिएन । यसका लागि अन्तरहृदयदेखि हार्दिक आभार व्यक्त गर्दछु ।’’

Royal Enfield Island Ad

प्रधानमन्त्री देउवाले २०४८ सालदेखि डडेल्धुराबासीको मतका आधारमा जिल्लाबाट निरन्तर प्रतिनिधित्व गरेको प्रति गौरव महशुस भएको बताउँदै खानेपानी, स्वास्थ्य, शिक्षा, सडक, पुल, विद्युतीकरण, सञ्चार, सिँचाई, तटबन्धन निर्माण जस्ता विकासका पूर्वाधारहरु डडेल्धुराबासीसामु छर्लङ्ग भएको पनि पत्रमा उल्लेख गरेका छन् । 

उनले डडेल्धुरा जिल्लाको समग्र विकाससँगै पश्चिम सेती र पञ्चेश्वर परियोजनाको पूर्णता आफ्नो सपना भएको पनि बताएका छन् । पश्चिम सेती र पञ्चेश्वर परियोजनालाई पूर्णता दिन सके अरु थप अवसरहरु बृद्धि हुने बताउँदै प्रधानमन्त्री देउवाले ती परियोजनाहरुबाट ७ नम्बर प्रदेशकै समृद्ध जिल्लाको परिचय डडेल्धुरा जिल्लाले प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् । उनले ती दुबै परियोजनाहरुलाई पूर्णता दिने प्रतिवद्धता पनि पत्रमा उल्लेख गरेका छन् । 

प्रधानमन्त्री देउवाले मुलुक सामु संविधान कार्यान्वयन र आर्थिक समृद्धिका महत्वपूर्ण कार्यभार रहेको बताउँदै जनआन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको र आफ्नै नेतृत्वमा संविधान जारी गरेको पार्टी कांग्रेसबाट मात्रै उक्त कार्यभार पूरा हुने जिकीर गरेका छन् । उनले त्यही कार्यभार र जिम्मेवारी पूरा गर्न र लोकतन्त्रमार्फत समाजवादको समुन्नत यात्रामा अघि बढ्न प्रतिनिधि सभा निर्वाचनमा डडेल्धुराबासीसामु आएको पनि पत्रमा उल्लेख गरेका छन् । 

प्रधानमन्त्री देउवाद्वारा हस्ताक्षरित मतदाताहरुलाई पठाइएको पत्रमा प्रदेशसभा सदस्यका उमेदवार रघुवर भट्ट र कर्णबहादुर मल्ललाई पनि मतदान गर्न आग्रह गरिएको छ । मतदाताले दिने मतले कांग्रेस बलियो हुने र मुलुक परिवर्तनका लागि प्रेरणा बन्ने पनि प्रधानमन्त्री देउवाको पत्रमा भनिएको छ, ‘‘मलाई थाहा छ– रुख चिन्हमा तपाईँले दिने मत केवल एक मत मात्र होइन । यो जनमतले बलियो नेपाली कांग्रेस र यसको नेतृत्वमार्फत मुलुक परिवर्तनको महान यात्राको लागि प्रेरणाको एक स्वस्तिक चिन्ह हो ।’’

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले एक हप्ता अघिबाट डडेल्धुराका मतदातालाई रुख चिन्हमा मतदानका लागि आग्रह गर्दै व्यक्तिगत रुपमा पत्रहरु पठाउने काम सुरु गरिएको जानकारी दिए । 

डडेल्धुरा ‘क’ बाट प्रदेशसभामा निर्वाचन लडिरहेका पूर्व जिल्ला सभापति रघुवर भट्टले जिल्ला भरीका ८१ हजार मतदाताहरुलाई घर घर पुगेर प्रधानमन्त्री देउवाको पत्र दिने काम भइरहेको बताए । ‘‘जिल्ला कार्य समितिको निर्देशन बमोजिम गाउँ कार्य समितिले वडाका नेताहरुमार्फत मतदातालाई घर घर पुगेर प्रधानमन्त्रीको पत्र बुझाउने काम भइरहेको छ,’’ उनले बाह्रखरीसँग भने । 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro