site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षामन्त्रीमाथि खनिए सांसद– टालटुले जवाफले हुँदैन 

काठमाडौं । छात्रवृत्तिमा बंगलादेशमा एमबीबीएस अध्ययनसम्बन्धी सरकारको सिफारिस सूची हेरफेर गरिएको भन्दै सांसदहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जवाफ मागेका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा सांसदहरूले शिक्षामन्त्री सुमना श्रेष्ठसँग जवाफ माग गरेका हुन् ।

शिक्षामन्त्री श्रेष्ठले यो विषयमा परराष्ट्र मन्त्रालयले जाँचबुझ गरिरहेको जवाफ दिइन् । त्यसपछि सांसदहरू उनीमाथि खनिए ।

समितिका सभापति अम्मरबहादुर थापाले मन्त्रीले टालटुले जवाफ दिएर नहुने बताए । उनले ‘प्रस्ट’ जवाफ माग गरे । “या बंगलादेशले कोटा इन्कार गर्नुपर्‍यो या सिफारिस गरिएका विद्यार्थी लैजानुपर्‍यो । यसमा शिक्षा मन्त्रालयले पनि बलियो अडान लिनुपर्छ,” थापाले भने ।

सांसद दीपा शर्माले जीटुजी (सरकार–सरकारबीच) प्रक्रियाबाट पठाउन लागिएको विद्यार्थीबारे यति ठूलो चलखेल हुनु सरकारको अपमान भएको भन्दै आक्रोश पोखिन् । “शिक्षामन्त्रीले यो विषय कहाँ कोसँग छलफल गरेर हुन्छ, यो विषयलाई दुई/तीन दिनमै निकास दिनुपर्छ । शिक्षाको कार्यक्षेत्र होइन भनेर टालटुले जवाफ दिएर मात्रै हुँदैन,” उनले भनिन् ।

सांसद तोसिमा कार्कीले सरकारले जिम्मा लिएर सिफारिस गरिएका विद्यार्थीलाई बंगलादेश पठाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिइन् ।

जवाफमा मन्त्री श्रेष्ठले नेपालका निम्ति बंगलादेशी राजदूतलाई भेटेर यसबारे छलफल गर्ने प्रतिबद्धता जनाइन् । सरकारले सिफारिस नगरेका विद्यार्थीको एनओसी रोकिएको पनि उनले जानकारी दिइन् ।

बंगलादेश सरकारको छात्रवृत्तिमा एमबीबीएस र बीडीएस अध्ययनका निम्ति  शिक्षा मन्त्रालयले सिफारिस गरेका २२ मध्ये १० विद्यार्थीको नाम बंगलादेश पुग्दा सूचीबाट हटाइएको थियो । त्यसपछि पीडित विद्यार्थी समितिसमक्ष पुगेका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro