site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वर्तमान गठबन्धन भत्काउन काग्रेस सुरूबाटै लागेको छ : देवेन्द्र दाहाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले वर्तमान गठबन्धन बनेको सुरुआती दिनदेखि नै सरकार परिवर्तनको खेल सुरू भएको बताएका छन् । 

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले मुलुकमा नयाँ सत्ता गठबन्धन बनेको सुरूको दिनदेखि नै सरकार भत्काउने चलखेल सुरू भएको आरोप लगाएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सत्तालाई टिक्नै नदिने खेलले अस्थिरता निम्त्याउने भन्दै उनले कांग्रेसलाई प्रतिशोधपूर्ण, निषेधको राजनीति र स्वार्थकेन्द्रित राजनीति नगर्न आग्रह गरे । 

“यो मुलुकमा डे वानदेखि जुन अहिले गठबन्धन बनेको छ, यो गठबन्धन भत्काउनका लागि पहल भएको छ । यसले यो सत्ता समीकरणको खेलले अस्थिरता निम्त्याउँदैन र ? सत्ता र सरकारलाई केही समय चल्न दिने होइन, पहिलो दिनदेखि नै यो सत्ता परिवर्तन गर्नेमा लागिरहेको अवस्था छ । नेपाली कांग्रेसका साथीहरुलाई आग्रह गर्दछु । प्रतिशोधपूर्ण, निषेधको राजनीति र स्वार्थकेन्द्रित राजनीति नगर्नु होला,” उनले भने । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय