site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपा, नेपाल फुटाएको टिमले भन्यो– नेतृत्वको अलोकतान्त्रिक चरित्रले सीमा नाघेपछि अलग हुनुपर्‍यो
अशोक राई । फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल फुटाएर जनता समाजवादी पार्टी (जसपा) गठन गरेको अशोक राई नेतृत्वको समूहले अलग हुनुको औचित्य सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जसपाले नेतृत्वको अलोकतान्त्रिक चरित्रले सीमा नाघेपछि अलग हुनुपरेको निष्कर्ष सार्वजनिक गरेको हो ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पत्रकार सम्मेलन नै गरी पार्टीमा फर्कन आग्रह गरेको भोलिपल्ट उक्त समूहले नेतृत्वको आलोचना गर्‍यो । उक्त टिमले यादवले पार्टी निर्णयविपरीतका गतिविधि सञ्चालन गरेको, पार्टीलाई राष्ट्रिय चरित्रबाट क्षेत्रीयमा पुर्‍याएको, एकताको महाधिवेशनमा एकलौटी महाधिवेशन आयोजक समिति गठन गरेको र पार्टीले निर्णय गरेका व्यक्तिलाई त्यसविपरीत अर्कै मन्त्रालयको जिम्मेवारी तोकेको आरोप समेत सार्वजनिक गरेको छ ।

“पार्टीबाट भएगरेका निर्णयभन्दा फरक कार्यान्वयन हुने गरेको, पार्टी नेतृत्वको व्यवहारबाट क्षेत्रीय चरित्रमा सीमित बनाउने काम भएको तथा विधानसम्मत पार्टी सञ्चालन नगरेकोले अलग भएर बस्नुपर्ने बाध्यता बनेको हो,” नवगठित जसपाका महासचिव मोहम्मत इस्तियाक राईले भने, “संगठित सदस्य समेत नवीकरण नगरी एकलौटी महाधिवेशन निर्वाचन समिति गठन गरेको, महाधिवेशन परिचालन तथा व्यवस्थापन समिति पनि एकलौटी गठन गरेको, पार्टी घोषणापत्रलाई सोकेसमा थन्क्याएर समावेशी लोकतन्त्रको वकालत गर्दै हिँडेको, विकेन्द्रीकरणको सिद्धान्तको उल्लंघन गरी अध्यक्षात्मक प्रणालीजस्तै एकलौटी पार्टी सञ्चालन गरेकोले सँगै रहन सक्ने अवस्था भएन ।”

उनले पार्टीमा ‘सिनियर’ नेताहरू नभएका बेला एकलौटी निर्णय गर्नु, दीपक कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने पार्टी निर्णयविपरीत आफूखुसी वन राज्यमन्त्री बनाउनुलाई सँगै रहन नसक्ने आधारका रूपमा प्रस्तुत गरे ।

“पार्टी सञ्चालनका हिसाबले पटक–पटक फुटेको थियो, हाम्रो समझदारी र एकताको प्रयासले मात्र अहिलेसम्म पार्टी एक थियो,” महासचिव राईले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro