site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पन्नू प्रकरण : भारतलाई साथ दिँदै रुसद्वारा अमेरिकी आरोपको प्रतिवाद

मस्को । अमेरिकाले आफ्नो नागरिक गुरपतवन्त सिंह पन्नूको असफल हत्या प्रयासमा भारतको हात रहेको भन्दै लगाएको आरोपबारे रुसले भारतको तर्फबाट प्रतिवाद गरेको छ । रुसले यो आरोपलाई दुर्भाग्यपूर्ण बताउँदै अमेरिकाले भारतमा रहेको लोकसभा निर्वाचनको समयमा अस्थिरता ल्याउने प्रयास गरेको आरोप लगाएको छ ।

रुसको विदेश मन्त्रालयका प्रवक्ता मारिया जोखारोवले भनिन्, “पन्नू हत्याको मामिलामा अमेरिकाले भारतलाई कुनै ठोस प्रमाण दिन सकेको छैन । यस मामिलामा बिना कुनै प्रमाण कुनै पनि कुराको स्वीकार गर्न सकिँदैन । अमेरिका राष्ट्रवादको विचारलाई बुझ्दैन । अमेरिकाले यो पनि बुझेको छैन कि ऐतिहासिक रूपमा भारत कसरी अघि बढिरहेको छ ।” उनले अमेरिकाले भारतलाई एक राष्ट्रको रूपमा सम्मान पनि नगरेको समेत आरोप लगाइन् ।

हालै वासिङटन पोस्टको एक रिपोर्टमा गएको वर्ष खालिस्तान आन्दोलन समर्थक अमेरिकी नागरिक पन्नूको हत्याको असफल प्रयासमा भारतको गुप्तचर निकाय रअ सामेल भएको दाबी गरिएको थियो । सो रिपोर्टको भारतले निराधार बताउँदै भनेको थियो, “रिपोर्टमा एक गम्भीर तथा अनुचित र निराधार आरोप लगाइरहेको छ ।” बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro