site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायललाई हतियार रोक्ने बाइडेनको चेतावनी

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजाको रफाह क्षेत्रमा कुनै ठूलो कदम चालेमा अमेरिकाले केही हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिएका छन् । 

सीएनएनलाई दिएको पछिल्लो अन्तर्वार्ताका क्रममा बाइडेनले सो चेतावनी दिएका हुन् । यद्यपि, अमेरिकी चेतावनीका बाबजुद पनि इजरायलले रफाहको कारबाही जारी राखेको छ । 

इजरायलले हमासविरुद्ध रफाह क्षेत्रमा ठूलो परिमाणमा कारबाही नचलाएसम्म युद्धमा सफलता नमिल्ने बताउँदै आएको छ । 
आक्रमणको चेतावनी दिँदै रफाहको पूर्वी इलाकाबाट करिब एक लाख मानिसलाई अन्यत्र जान यसअघि इजरायली सेनाले चेतावनी दिएको थियो ।

अधिकारकर्मीले इजरायलले रफाह क्षेत्रमा कारबाही जारी राखेमा ठूलो संख्यामा मानिस मारिन सक्ने चेतावनी दिएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro