site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो छ दल दर्ताका लागि श्रेष्ठ र राईले दिएको निवेदन 

काठमाडौं । राजेन्द्र श्रेष्ठ र अशोक राईको नेतृत्वमा नयाँ दल दर्ता भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएको समूहले नयाँ दल दर्ता गराएको हो ।

निर्वाचन आयोगमा पुगेर सात जना सांसदले हस्ताक्षरसहित दल दर्ताका लागि निवेदन दिएका छन् । 

पार्टीमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेको भन्दै दल विभाजन गरिएको सांसद सुशिला श्रेष्ठले जानकारी दिइन् ।

यस्तो छ निवेदन

श्री निर्वाचन आयोग,

कान्तिपथ, काठमाडौं ।

विषयः छुट्टै दल दर्ता गरी पाँऊ ।

नेपालको संविधानको धारा २६९ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम यस आयोगमा दल दर्ता कायम रहेको जनता समाजवादी पार्टी, नेपाल नामक राजनीतिक दलको केन्द्रीय समिति वा संघीय संसद्का २० प्रतिशत सदस्य भई राजनीतिक दलसम्बन्धी ऐन २०७३ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७६ को उपनियम १ बमोजिम नयाँ दल बनाउन देहाय बमोजिमका विवरण तथा कागजातसहित यो निवेदन पेस गरेको छु ।

साविकको दल सम्बन्धी विवरण :-
क) दलको नाम :- जनता समाजवादी पार्टी, नेपाल
ख) आयोगमा दर्ता भएको मिति :-
ग) केन्द्रीय समितिका सदस्यको संख्या - ४०
घ) संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सदस्य : ७

नयाँ राजनीतिक दल सम्बन्धी विवरणमा
क) दलको पूरा नाम : जनता समाजवादी पार्टी
ख) दलको संक्षिप्त नाम :- जनता समाजवादी
का) दल गठन भएको मिति : २३ वैशाख २०८१
घ) केन्द्रीय कार्यालय : काठमाडौं 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro