site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाँकेमा नौ महिनामा ११२ नवजात शिशुको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

राँझा (बाँके) । तराईको सुगम जिल्लाका रूपमा रहेको बाँकेमा नौ महिनामा ११२ नवजात शिशुको मृत्यु भएको छ । 

चालु आर्थिक वर्षको चैत महिनासम्म ११२ नवजात शिशु र १२ सुत्केरीको मृत्यु भएको मातृ तथा नवशिशु स्वास्थ्य स्रोत व्यक्ति विष्णु श्रेष्ठले जानकारी दिए। मृत्यु हुने मातृ तथा नवजात शिशुमध्ये आधाभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका क्षेत्रका रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“नेपालगञ्जलाई मेडिकल सिटी भनिए पनि यही नवजात शिशु र सुत्केरीको मृत्यु धेरै देखिन्छ”, श्रेष्ठले भने, “घर नजिककै ठूला अस्पताल र सुविधा सम्पन्न स्वास्थ्य संस्था भए पनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर नवजात शिशु तथा सुत्केरीको मृत्यु भइरहेको छ ।”

चालु आर्थिक वर्षको चैतसम्म नौ महिनाको अवधिमा नेपालगञ्ज उपमहानगरपालिकामा ७१ नवजात शिशु र ६ सुत्केरीको मृत्यु भएको छ । यो अवधिमा कोहलपुरमा ३४, राप्ती सोनारीमा तीन, नरैनापुरमा दुई तथा खजुरा र जानकी गाउँपालिकामा एक–एक नवजात शिशुको मृत्यु भएको छ । 

Global Ime bank

यो अवधिमा खजुरामा दुई, डुडुवामा दुई तथा राप्ती सोनारी र नरैनापुरमा एक–एक सुत्केरीको मृत्यु भएको छ । विगतमा सुत्केरी हुनुअघि मृत्यु हुने गरेको थियो भने अहिले सुत्केरी भइसकेपछि मातृ मृत्यु भइरहेको स्वास्थ्य कार्यालय बाँकेका मातृ तथा नवशिशु स्वास्थ्य स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

बच्चा जन्मिएको ४२ दिनसम्म सुत्केरी हुने गरिन्छ । यो बीचमा चारपटक स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ । बच्चा पाएपछि जाँच नगर्ने प्रवृत्तिले आमाको मृत्यु भइरहेको श्रेष्ठको अनुमान छ । बाँकेमा आठ पटक गर्भ जाँच पनि हुन सकेको छैन । पहिलो पटक ७० प्रतिशत गर्भवतीले जाँच गर्दा आठौँमा आइपुग्दा २१ प्रतिशतमा झर्ने गरेको पाइएको छ । 

बढ्दो नवजात शिशु तथा मातृ मृत्युदर न्यूनीकरणका लागि प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरिए पनि सुधार हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले बताए । बाँकेमा मिश्रित समुदायको बसोबास छ । खासगरी मधेसी तथा मुस्लिम समुदायमा नवजात शिशु र मातृ मृत्युदर बढी देखिएको छ । जनचेतनाको अभाव, नियमित गर्भ जाँचलगायतका कारणले मृत्युदर बढेको स्वास्थ्य कार्यालय प्रमुख शाहीको भनाइ छ ।  

नवजात शिशु तथा आमाको मृत्युदर न्यूनीकरणका लागि संघीय, प्रदेश र स्थानीय सरकारले समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । बाँकेमा नवजात शिशु र आमा मृत्युदर घट्न सकेको छैन । मृत्युदरको तथ्यांक हेर्दा बजार क्षेत्रमा बढी छ । सचेतनाको अभाव र अस्वस्थकर जीवनशैलीका कारण बजार क्षेत्रमा नै मृत्युदर उच्च रहेको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement