site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तपेश्वर महादेव मन्दिर जोगाउन खोज्दा गएको थियो शंकर र रमेशको ज्यान, ललितपुरको ११ वनमा डढेलो

काठमाडौं । ललितपुरको गोदावरी जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका दुईजनाको मृत्यु भयो । गोदावरी नगरपालिका–४, बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रमम घाइते भएका सोही नगरपालिकाको पहरी बस्तीका शंकर पहरी र रमेश पहरीको ज्यान गएको हो ।

मंगलबार डढेलो निभाउने क्रममा घाइते भएका उनीहरूको कीर्तिपुरस्थति बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आगोको लप्काबाट घाइते भएका शंकरको मंगलबार र रमेशको बुधबार बिहान उपचारकै क्रममा मृत्यु भएको ललिपुर प्रहरी प्रमुख (एसएसपी) शेखर खनालले जानकारी दिए ।

तपेश्वर महादेव मन्दिर जोगाउँदा गयो ज्यान

बडिखेलको पहारी बस्तीका भन्दा माथिको तपेश्वर सामुदायिक वनभित्रको मध्य भागमा छ– तपेश्वर महादेव मन्दिर । मंगलबार अचानक लागेको आगो मन्दिर रहेको वनभित्र फैलियो । स्थानीय पहरीवासीलाई वनको डढेलोले मन्दिर जलाउने चिन्ता लाग्यो ।

dadhelo-(2)-1714547165.jpg
 

पहरी बस्तीबाट मन्दिर जोगाउने उद्देश्यले शंकर पहरी, रमेश पहरीसहित १४/१५ जनाको समूह तपेश्वर वनभित्र छिरे । उनीहरूमध्ये केही अधिकांश आगोभन्दा टाढा थिए ।

तर, शंकर र रमेश भएपट्टि भने हावाले एकाएक आगोको लप्का ल्यायो । त्यही लप्कामा परेर शंकर र रमेश गम्भीर घाइते भएका हुन् । घाइतेलाई प्रहरीले उद्धार गरेर कीर्तिपुर अस्पताल पुर्‍याए पनि उनीहरू दुबैजनाको ज्यान गएको हो ।

ललितपुरको ११ वनमा डढेलो

गोदावरीको तपेश्वरबाहेक ललितपुरको ११ वनमा आगो लागेको ललितपुर प्रहरीका एसएसपी शेखर खनालले जानकारी दिए ।

उनका अनुसार ललितपुरको गोदावरी नगरपालकिा–६, को टीकाभैरवको सामुदायिक वन, सोहीको सत्य सामुदायकि वन, छेडा सामुदायकि वन, जयभद्र सामुदायकि वन, चारघरे सामुदायकि वन, ढुङ्गेनी पातले सामुदायकि वन, ताप्लेछाप सामुदायकि वनमा डढेलो लागेको छ ।

dadhelo-1714547027.jpg
 

त्यस्तै, बागमती गाउँपालिकाको कुँडुल्लेको सरकारी वन र महालक्ष्मी नगरपालिकाले लुभु पातले सामुदायिक वनमा पनि डढेलो लागिरहेको छ । डढेलो निभाउन नेपाल प्रहरी, नेपाली सेन र सशस्त्र प्रहरी बल र स्थानीयवासी दिनरात खटिएको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए ।

dadhelo-1-1714547108.jpg
 

वनमा नियोजित डढेलो लगाउनेमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ । लेले जंगलमा लागेको डढेलो आनन्द वनमा फैलिएपछि कुष्ठरोग अस्पतालसमेत जोखिममा परेको छ ।

अस्पताल जोगाउन सुरक्षाकर्मीको टोली रातभर अस्तालमै बसेका थिए । अस्पतालका ९३ जनालाई हाल बज्रबाराही अस्पतालमा स्थानान्तरण गरिएको छ ।

मृतकका परिवारलाई पाँच/पाँच लाख सहयोग

गोदावरी नगरपालिकाले बडिखेलस्थित तपेश्वर सामुदायिक वन लागेको डढेलो निभाउदा मृत्यु भएका दुबैजनाको परिवारलाई नगरपालिकाले पाँच/पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

बुधबार बसेको नगरकमिटीको बैठककले मृतकका परिवारलाई पाँच/पाँच लाख रुपैयाँ राहत दिने नियर्ण गरेको नगर प्रमुख गजेन्द्र महर्जनले बताए ।

“ललितपुरको पनि हाम्रो नगरपालिका पर्ने अधिकांश वनमा आगो लागेको छ । हिजोको घटनाले थप पीडा बनायो । अहिले हाम्रो नगर कमिटीको बैठकबाट पीडितका परिवारलाई पाँच/पाँच लाख रुपैयाँ राहत दिने नियर्ण गरेका छौँ,” नगर प्रमुख महर्जनले भने ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro