site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
श्रम मन्त्रालयले घोषणा गरेको ‘श्रमाधान’ कार्यक्रम के हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारीसँग सम्बन्धित ‘श्रमाधान’ योजना घोषणा गरेको छ । बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्रालयले योजना घोषणा गरेको हो ।

श्रममन्त्री डीपी अर्यालले यो योजनाबाट सबै श्रमिकको समस्या समाधान गर्ने लक्ष्य रहेको बताए । यसअघि सञ्चालनमा रहेको कल सेन्टरले मात्रै सबै समस्या समाधान गर्न नसकेको उनको भनाइ छ । 

‘श्रमाधान’ योजना इन्द्रेणीका सात रङअनुसार सात भागमा विभाजन गरिएको उनले बताए । यसअन्तर्गत पहिलो सेकेन्ड इनिङ्स कार्यक्रम रहेको छ । जसले काममा सक्रिय रहने उमेर कटेपछि वा अवकाश पाएपछि आफूसँग रहेको सीप कसरी प्रयोग गर्ने भन्नेबारे काम गर्ने उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

दोस्रोमा रोजगार बैंक रहेको छ । यसले रोजगारदाता र रोजगारी खोज्नेबीच समन्वय गर्ने उनले बताए । योजना अन्तर्गतको अर्को समता कार्यक्रमले समानताको प्रत्याभूत गर्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए । जसमा विशेष समुदायलाई प्राथमिकता दिइने छ ।

अर्को ‘ल (कानुन)’ कार्यक्रम रहेको छ । यस कार्यक्रममार्फत श्रमिकलाई कानुनी रूपमा सक्षम बनाउने उद्देश्य मन्त्रालयले राखेको छ । श्रमसम्बन्धी कानुन सबैले जान्ने लक्ष्य मन्त्रालयको छ । विदेशमा समेत सम्बन्धित देशको श्रमिकको लागि कानुनी पहल गर्ने काम यहाँबाट गर्ने मन्त्रालयको भनाइ छ । विश्व बजारको श्रमसँग नेपालको श्रमिकलाई प्रतिस्पर्धी बनाउने यसको अर्को उद्देश्य रहेको छ । यसरी दिइने तालिममा देश तथा विदेशमा रहेको नेपाली, एनआरएनएसहितको संलग्नता रहनेछ ।

Global Ime bank

अर्को साथ कार्यक्रम रहेको छ । यसले विश्व बजारमा रहेका श्रमिकको साथमा नेपाल सरकार, मिडिया, कर्मचारी रहेको आभास गराउने लक्ष्य राखेको छ । र, अर्को कल सेन्टर कार्यक्रम छ । तत्काल श्रमिकको समस्या सम्बोधन गर्ने उद्देश्य यसको रहेको छ । कल सेन्टरबाट समस्या, जिज्ञासा संकलन गरी सम्बन्धित निकायमा पु¥याएर समाधान गरिने मन्त्रालयले जनाएको छ ।

सबै स्थानीय तह र विदेशी नियोग र मेनपावर कम्पनीले यसरी समस्या समाधान गर्नेमा कल सेन्टर रहेकोबारे जानकारी राख्न आग्रह एवम् निर्देशन दिने मन्त्री अर्यालले बताए ।

उनले अब श्रमिकका कुनै पनि समस्या जोसुकैसँग आए पनि मन्त्रालयको कल सेन्टरमा सम्पर्क गर्न लगाउन समेत आग्रह गरेका छन् । नेपालबाट ११४१ नम्बरमा निःशुल्क फोन गर्न सकिने उनले बताए । विदेशबाट ९८५१३४७२२ ह्वाट्सएप, भाइबर, इमोमार्फत सम्पर्क गर्न सकिने उनले बताए ।

उनले अन्य निकायसँग सम्बधित समस्या कार्यालय समयमा समाधान हुने र उद्धार एवम् आपतकालीन समस्याका लागि भने तत्काल समाधान गरिने बताए ।

अर्को चरणमा श्रमाधान एप ल्याइने बताए । एसआईपी सिस्टममार्फत सम्बन्धित देशकै नम्बरमा कल गर्दा नेपालको कल सेन्टरमा आउने प्रणाली बनाई रहेको समेत रहेको उनले बताए । यसबाहेक आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग र अन्य भिडियोको माध्यमबाट पनि सेवा दिने तयारी गरिरहेको उनले बताए ।

मन्त्री अर्यालले यो बृहत् योजना रहेको बताउँदै सबै सरकारी निकाय र आम नागरिकको साथ आवश्यक रहेको बताए । सबैले कल सेन्टरको जानकारी उपलब्ध गराएमा श्रमिक ठगिनबाट जोगाउन सकिने भएकाले सहयोग गर्न मन्त्री अर्यालले सबैलाई आग्रह गरे । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement