विदेश
न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटी प्रहरी अप्रेशन सुरू भएपछि स्थानीय दुई क्याम्पसबाट १०० भन्दा बढी विद्यार्थी गिरफ्तारीमा परेका छन् ।
मंगलबार कोलम्बिया युनिभर्सिटी र सिटी कलेज अफ न्यूयोर्कबाट विद्यार्थी गिरफ्तारीमा परेका हुन् ।
कोलम्बिया युनिभर्सिटीमा प्रहरीको तैनाथीका बाबजुद पनि विद्यार्थीको प्रदर्शन जारी रहेको छ । युनिभर्सिटीले मे १७ सम्म प्रहरीलाई त्यहाँ तैनाथ रहन आग्रह गरेको छ । सीएनएन
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१ १०:२३
प्रतिक्रिया दिनुहोस्