site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सामसङको ग्यालेक्सी एम५५ फाइभजी नेपालमा, यस्तो छ मूल्य र फिचर
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामसङले ग्यालेक्सी एम५५ ५जी स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।

सामसङले एम सिरिजका यी फोनमा विशेष प्रयोगकर्ता अनुभव, सुपर एमोलेड प्लस डिस्प्ले, टिकाउ ब्याट्री र शक्तिशाली प्रोसेसर रहेको बताएको छ ।

कस्तो छ फोन ?

Prabhu Bank
Agni Group
NIC Asia

ग्यालेक्सी एम५५ फाइभ जीमा आइकोनिक ग्यालेक्सी सिग्नेचर डिजाइन रहेको छ । सुपर सिल्क र हलुको तौल रहेको ग्यालेक्सी एम५५ ५जी हल्का हरियो र डेनिम ब्ल्याक दुई आर्कषक रङमा उपलब्ध छ ।

फोनमा ४एनएममा आधारित क्वालकम स्न्यापड्र्यागन ७ जेन१ प्रोसेसर रहेको छ । यसले प्रभावकारी पर्फमेन्स, सहज मल्टिटास्किङ र मोन्सटर मोबाइल गेमिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

Global Ime bank

फोनमा पाँचहजार एमएएचको ब्याट्री छ । ४५ वाटको सुपर–फास्ट चार्जिङले द्रूत चार्ज हुने सामसङले जनाएको छ ।

१२० हर्ज रिफ्रेस रेट रहेको फोनमा ६.७ इन्चको फुल एचडीप्लस सुपर एमोलेड प्लस डिस्प्ले रहेको छ । फोनमा एक हजार निट्सको हाइ ब्राइटनेस मोड र भिजन बुस्टर प्रविधि छ ।

ग्यालेक्सी एम५५ ५जीमा ५० मेगापिक्सेलको नो सेक क्यामेरासँगै इमेज क्लिपर र अब्जेक्ट इरेजर जस्ता एआईद्वार सुसज्जित सुविधासहितको क्यामेरा छ ।

फोनमा उपलब्ध भ्वाइस फोकस प्रविधिले फोन कल गर्दा वरपरका अरू आवाजलाई ब्लक गरी आवाज प्रस्ट बनाउने कम्पनीले जनाएको छ ।

कति छ मूल्य ?

ग्यालेक्सी एम५५ ५जी दुई भेरियन्टमा उपलब्ध छ । यसको ८ जीबी ‍र्‍याम र २५६ जीबी स्टोरेज रहेको फोनको मूल्य ४८ हजार ९९९ रुपैयाँ रहेको छ ।

यस्तै, १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य ५३ हजार ९९९ रुपैयाँ रहेको छ ।

फोन सामसङ इन्स्टा फाइनान्स सुविधाबाट प्रतिमहिना २ हजार ४४९ रुपैयाँ किस्तासहित शून्य ब्याजदरमा खरिद गर्न सकिने सामसङ नेपालले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  २१:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement