site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कर्णाली दोस्रोपटक मन्त्रिपरिषद् विस्तार, मन्त्रीले नै गरे शपथ बहिष्कार

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार सुर्खेतमा प्रदेश सरकारका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ खुवाए ।

यस दिन शपथ लिनेमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गा रावत छन् । यस्तै, राज्यमन्त्री गोमता विकले पनि शपथ लिइन् ।

Dabur Nepal
NIC Asia

कृषिमन्त्रीमा नियुक्त विनोदकुमार शाहले भने शपथग्रहण समारोह बहिष्कार गरे । मुख्यमन्त्री कँडेलले कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उनले असन्तुष्टि जनाएका हुन् ।

उनले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा दाबी गरेका थिए । तर, कृषि मन्त्रालयको जिम्मेवारी दिइएपछि शाहले शपथग्रहण समारोह नै बहिष्कार गरेका हुन् । हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro