site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘अशक्त र असहायको उपचारका लागि घरघरमा डक्टर कार्यक्रम’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डक्टर कार्यक्रम’ सञ्चालन गरेको छ ।

उक्त पालिकाको स्वास्थ्य शाखाप्रमुख कुमार सुनारका अनुसार अशक्त, अपांगता भएका तथा ज्येष्ठ नागरिक उपचारका लागि नियमित रूपमा स्वास्थ्य संस्था पुग्न कठिन हुने भएकाले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममार्फत गाउँपालिकाले उपलब्ध गराउँदै आएको नियमित स्वास्थ्य जाँचको सुविधाले पालिकाभित्रका दीर्घरोगीको समयमा समस्याको पहिचान हुने र सम्भावित जोखिम घटाउन सजिलो भएको छ ।  

घरघरमा स्वास्थ्य परीक्षण गर्न पुग्ने स्वास्थ्यकर्मीले उच्च रक्तचाप, मधुमेहलगायत समस्याबाट पीडित भएकाको परीक्षणका गर्नुका साथै दीर्घरोगीको स्वस्थ्य अवस्थाबारेमा जानकारी लिने गरेका छन् । गाउँपालिकाले प्रत्येक स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य एकाइबाट चिकित्सकबाट उपचार सेवा उपलब्ध गराउँदै आएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय