site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
आईसीसीले इजरायल र हमासलाई एउटै कोटीमा राखेपछि हल्लीखल्ली
बेन्जामिन नेतान्याहू । तस्बिर : ईपीए ।

जेरुसेलम । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)मा इजरायली प्रधानमन्त्री र हमासका नेतालाई एउटै पंक्तिमा राखेर पक्राउ पुर्जी जारी गर्न आग्रह गर्दै अभियोजकले निवेदन दिएपछि अन्तर्राष्ट्रियजगत्मा हल्लीखल्ली मच्चिएको छ ।

आईसीसीका अभियोजक करिम खानले गाजा क्षेत्रमा नरसंहार भएकामा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र हमासका नेता यहया सिनवारविरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गर्दै निवेदन दिइएको जनाएका थिए । त्यसबारे कडा प्रतिक्रिया दिँदै नेतान्याहूले गाजा संकटका बारेमा हमासका नेताकै कोटीमा राखेर आफूलाई समेत पक्राउ पुर्जी जारी गर्न निवेदन दिइएको भन्दै निन्दा गरेका छन् ।

नेतान्याहूले प्रजातान्त्रिक इजरायललाई आमहत्यारा हमाससँग तुलना गर्नु घृणित कार्य भएको जनाएका छन् ।

Dabur Nepal

यसैबीच, आईसीसीका अभियोजकको भनाइप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आपत्ति जनाएका छन् । इजरायल र हमासबीच समानता नभएको उनले उल्लेख गरेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले वासिङटनले यो विषयलाई आधारभूत रूपमा अस्वीकार गर्ने बताएका छन् । यो लाजमर्दो भएको र उक्त विषय आईसीसीको अधिकार क्षेत्रभित्र नपर्ने उनले जनाएका छन् ।

हमासले पनि इजरायल र आफूलाई एकै ठाउँमा उभ्याउनु पीडित र पीडकलाई समान सोच्नुजस्तै भएको भन्दै आलोचना गरेको छ ।

आईसीसीले पक्राउ पुर्जीको सूचीमा राखेका इजरायलका प्रधानमन्त्री नेतान्याहू अमेरिकाको गठबन्धनभित्र पर्छन् । हमासलाई अमेरिकाले आतंककारीको सूचीमा राखेको छ । यो खालको तुलनाले गर्दा अहिले विश्वभरि नै हल्लीखल्ली र ध्रुवीकरणको अवस्था सिर्जना भएको हो ।

पश्चिमा गठबन्धनमा फुट
यसैबीच, नर्थ एटलान्टिक सन्धि संगठन (नेटो)को संस्थापक राष्ट्र फ्रान्सले भने इजरायल र अमेरिकाको पक्ष नलिई पछिल्लो मामिलामा आईसीसीको समर्थन गरेको सीएनएनले जनाएको छ ।

सन् १९४९ अप्रिल ४ मा नेटो स्थापना हुँदाका संस्थापक १२ राष्ट्रमा बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, आइसल्यान्ड, इटाली, लक्जेम्बर्ग, द नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, बेलायत र अमेरिका थिए । अहिले नेटोमा ३२ राष्ट्र सदस्य छन् ।

फ्रान्सको विदेश मन्त्रालयले सोमबार अबेर जारी गरेको वक्तव्यमा फ्रान्सले अन्तर्राष्ट्रिय अदालतको स्वतन्त्रता तथा यसको दण्डहीनताविरुद्धका सबै अवस्थाको लडाइँमा आफ्नो साथ रहने जनाएको छ ।

आईसीसीले यसबारेमा फैसला भने गरिसकेको छैन । फैसला गरेर पक्राउ पुर्जी नै जारी गरे अन्तर्राष्ट्रिय रोम विधान अनुमोदन गर्ने विश्वका १२४ देशमा गएका बेला इजरायलका प्रधानमन्त्री पक्राउ पर्न सक्नेछन् ।

युक्रेनविरुद्धको युद्धका कारण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यसअघि नै आईसीसीले पक्राउ पुर्जी जारी गरिसकेको छ । त्यसैले पुटिन पछिल्लो समय आफूनजिकका मुलुकबाहेक अन्यत्र गएको पाइएको छैन ।

इजरायलले रोम विधान अनुमोदन गरेको छैन । तर, प्यालेस्टाइन पक्षले रोम विधान अनुमोदन गरेका कारण इजरायली प्रधानमन्त्री पनि तानिने अवस्था आएको हो । इजरायलविरुद्ध दक्षिण अफ्रिकाले आईसीसीमा उजुरी दिएको थियो । बीबीसी र सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro