site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतलाई छाडेर एलन मस्क किन पुगे चीन ?

बेइजिङ । चर्चित अमेरिकी उद्योगपति एलन मस्क चीनको भ्रमणमा गएका छन् । उनी चीनमा टेस्ला कारको अटो ड्राइभिङ मोडलाई सफल बनाउने प्रयासका लागि त्यसतर्फ गएका हुन् ।

मस्क चीनमा फुल सेल्फ ड्राइभिङ (एफएसडी)लाई सक्षम रूपमा अगाडि बढाउन चाहन्छन् ।  त्यसका लागि आफ्नो अल्गोरिदमलाई प्रशिक्षित गर्न जुटाएको डेटाको ट्रान्सफर गर्न चाहन्छन् । 

एफएसडी मोड अहिले अमेरिकामा चलिरहेको छ । तर, टेस्लाले चीनमा ल्याउन सकेको छैन । अमेरिकामा टेस्लाको अटोनोमस ड्राइभिङ मोडले १३ दुर्घटना भएका छन् । जसमा एकजनाको मृत्यु पनि भएको छ । 

चिनियाँ सञ्चारमाध्यमका अनुसार, चीनको प्रिमयर लि कियांगका साथ भएको एक बैठकका क्रममा मस्कले चीनसँग सहयोग बढाउन चाहेको बताएका थिए । उनका अनुसार यस्तो भएमा दुवै देशबीच राम्रो परिणाम ल्याउन सकिनेछ । लीले मस्कलाई चीनको बजार सधैँ विदेशी कम्पनीको लागि खुला रहेको बताए । 

चीन टेस्लाको सबैभन्दा ठूलो बजार हो । अन्य कार निर्माता जस्तो एक्सपेंगको मुख्यालय गुआन्जाओमा रहेको छ । उसले पनि आफ्नो कारमा टेस्लाकै जस्तो सेल्फ ड्राइभिङ फङ्गसन बनाएर टेस्लालाई कडा टक्कर दिइरहेको छ । आइतबार मस्कले चीनको कार कम्पनीलाई विश्वकै सबैभन्दा प्रतिस्पर्धी कार कम्पनी भएको बताएका थिए ।

उनले टेस्लाले एफएसडीको रोलआउटको बारेमा चीनका अधिकारीलाई आश्वस्त गर्न खोजेका छन् । उनले स्थानीय कानुनअनुसार, चीनका उपभोक्ताको बारेमा डेटा प्रोसेस गर्न संघाईमा एक डेटा सेन्टर स्थापना गर्ने विषयबारे पनि जानकारी दिए । 

अमेरिकाको नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन (एनएचटीएसए)ले टेस्लाको ड्राइभर असिस्टेन्ट सिस्टमको सुरक्षा चिन्ताको ठीकसँग सम्बोधन गरिएको छ कि छैन भन्ने बारेमा जाँच गरिरहेको जनाएको थियो । यसलगत्तै मस्कको चीन भ्रमण गएका हुन् । 

एनएचटीएसएले भनेको थियो, “पहिला नै यदि गाडी अटो ड्राइभिङमा छ भने ड्राइभरलाई सडकमा ध्यान दिइरहनु जरूरी हुन्छ । तर, जुन कारको दुर्घटना भयो त्यसमा ड्राइभर प्रत्यक्ष रुपमा फोकस थिएनन् ।  दुर्घटना हुनुमा टेस्लाको सफ्टवेयरको जिम्मेवारी हो कि ड्राइभरले ध्यान नदिनुमा ? र, अटो ड्राइभिङको मोड उचित परिस्थिति जस्तो हाइवेमा गाडी चलाएपछि नै लागू गरियोस् ।’

मस्कले दाबी गरेका थिए कि टेस्ला रोबोटिक्ससको रूपमा काम गर्न समक्ष हुनेछ । २०१५ मा उनले टेस्ला कार २०१८ सम्ममा फुल अटोनोमीमा जानेछ भनेका थिए भने २०१९मा फेरि  उनले  आगामी वर्षबाट सो कम्पनी रोबोटिक्सबाट अपरेट हुने जनाएका थिए । यो महिना उनले अगस्टमा कम्पनीले रोबोटिक्समा जाने बताएका छन् । 

मुस्किलमा टेस्ला

संसारभर इलेक्ट्रिकवाहनको घट्दो माग र सस्तो चीनको निर्मातासँगको प्रतिस्पर्धाका कारण टेस्लाको सेयरको मूल्य घट्न पुगेको छ । आलोचकहरू मस्कमाथि सेयरको मूल्य बढाउनको लागि फुल अटोनोमी ड्राइभिङको सम्भावनालाई लगातार बढावा दिने काम गरिरहेको आरोप लगाइरहेका छन् । मस्कले भने सो आरोपको खण्डन गर्दै अस्वीकार गरेका छन् । उनी टेस्लाको माग बढाउनको लागि चीन र अन्य बजारमा आफ्नो कारको मूल्य घटाइरहेका छन् । मस्कले हालै एक्समा लेखेका थिए, ‘उत्पादन र मागलाई समान गर्नका लागि टेस्लाको मूल्यमा बारम्बार परिवर्तन गर्नु जरूरी रहेको छ ।’

यो वर्ष मात्रै तीन महिनाको अन्तरमा टेस्लाको अटोमोटिव बिक्रीमा १३ प्रतिशतले कमी आएको थियो  । यो बिक्री १७ दशमलब ३ अर्ब डलरले ओरालो लागेर १३ दशमलब ७ अर्ब डलर भएको छ । टेस्लाको पूरै वर्षको  कुरा गर्दा त्यसमा ९ प्रतिशतको कमी आएको छ । २०२४मा यसको सेयरको मूल्य ३२ प्रतिशत कमी आएको छ ।

यही अप्रिलमा एलन मस्क भारत जान सक्ने र उनले इलेक्ट्रिक सवारीसाधन बनाउने उद्योगमा लगानीको घोषणा गर्ने चर्चा भएको छ । बीबीसी
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro