site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
दुई दिनमा ‘बोक्सीको घर’ले कति गर्‍यो ग्रसकलेक्सन ?

काठमाडौं । चलचित्र ‘बोक्सीको घर’ले दुई दिनमा दुई करोड १५ लाख ग्रस कलेक्सन गरेको छ । शुक्रबारबाट रिलिज भएको चलचित्रले दुई दिनमा दुई करोड १५ लाखभन्दा माथि ग्रसकलेक्सन गरेको निर्मात्री समेत रहेकी अभिनेत्री केकी अधिकारीले जानकारी दिइन् ।

मल्टिप्लेक्समा २५० भन्दा धेरै शोमा अहिले पनि प्रदर्शनमा रहेको भन्दै केकीले १५० शो हाउसफुल भएको बताएकी छन् । बाँकी शोमा ८० प्रतिशतभन्दा माथि अकुपेन्सी रहेको केकीको भनाइ छ । 

शनिबार ‘बोक्सीको घर’ले देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा देशभर ८५ शो पाएको थियो । शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमामा केकी मुख्य भूमिकामा छिन् । 

केकी अधिकारी फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमामा निर्माताका रूपमा केकीका बुवा बद्री अधिकारी रहेका छन् । राज घिमिरे कार्यकारी निर्माता हुन् ।

सिनेमामा केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro