site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारले भन्यो– विद्यमान कानुन र प्रक्रियाबाट सहकारी समस्या समाधान सम्भव छैन

काठमाडौं । सरकारले नियमित प्रक्रियाबाट सहकारी समस्याको समाधान नहुने निष्कर्ष निकालेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सहकारी समस्या समाधानका लागि चाँडै प्रक्रिया थाल्ने निर्णय गरे पनि प्रक्रिया भने निर्धारण गरिसकेको छैन । 

सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नियमित प्रक्रियाबाट समस्या समाधान सम्भव नरहेको बताइन् । “सामान्य, नियमित प्रक्रियाबाट सहकारी समस्या समाधान हुँदैन भन्ने कुरामा मन्त्रिपरिषद् बैठक एकमत जस्तो बनेको छ,” सहकारी समस्या समाधानका लागि कुन प्रक्रिया थाल्ने भन्ने प्रश्नमा शर्माले भनिन्, “विद्यमान कानुनबाट पनि यो सम्भव छैन । विद्यमान संचनाबाट पनि यो सम्भव छैन ।” 

Argakhachi Cement Island Ad

उनले त्यही कारण प्रक्रियाका विषयमा निर्णय भइनसकेको बताइन् ।

“आवश्यक पर्‍यो भने नयाँ कानुन बनाउनुपर्छ र नयाँ संरचना पनि बनाउनुपर्छ । सहकारीपीडितका समस्या छन्, त्यसलाई छिटोभन्दा छिटो समाधान गनुपर्छ,” मन्त्री शर्माले भनिन्, “त्यसको हल गर्नका निम्ति आवश्यक कानुनी प्रक्रिया र संरचनाको कुरा पनि फास्ट ट्रयाकबाट गर्नुपर्छ भन्ने कुरामा गम्भीरतापूर्वक छलफल भएको छ ।” 

उनले प्रक्रियाको कुरा भने सम्बन्धित मन्त्रालयले वर्कआउट गरेर थप कुरा अघि बढ्ने जानकारी दिइन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्