site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जाभीले बार्सिलोना नछोड्ने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले क्लबको जिम्मेवारी नछोड्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले खुलाएअनुसार जाभीले क्लबसँगको सम्झौता सन् २०२५ को जुनसम्मका लागि नवीकरण गरेका हुन् ।

यसअघि स्पेनबाट विश्वकपको उपाधि समेत जितेका ४४ वर्षीय जाभीले जनवरीमा सिजनको अन्त्यसँगै क्लबको जिम्मेवारी छोड्ने घोषणा गरेका थिए । जाभीले सन् २०२१ मा कतारी क्लब अल सादको जिम्मेवारी छोड्दै बार्सिलोनामा आएका थिए । जाभी मुख्य प्रशिक्षक बनेको पहिलो सिजन नै बार्सिलोनाले ला लिगाको उपाधि जितेको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, जारी सिजन खराब लयबाट गुज्रिरहेको बार्सिलोना ला लिगामा शीर्ष स्थानको रियाल मड्रिडभन्दा ११ अंकले पछि छ । गएको हप्ता क्वार्टरफाइनलमा पेरिस सेन्ट जर्मन (पीएसजी)विरुद्ध पराजित भएपछि बार्सिलोना च्याम्पियन्स लिगबाट समेत बाहिरिएको थियो ।

बार्सिलोनाबाट खेलाडी करियरमा २५ उपाधि जितेका जाभीले जनवरीमा भियारियालविरुद्ध पराजित भएपछि क्लबको जिम्मेवारी छोड्ने घोषणा गरेका थिए । तर, त्यसयता भने बार्सिलोना घरेलु लिगका १० खेलमा अपराजित यात्रा कायम गरेको थियो ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro