site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चिनियाँ विद्यार्थीलाई अमेरिकामा नौ महिना जेल
Argakhachi Cement Island Ad

वासिङटन । क्याम्पसमा प्रो डेमोक्रेसी फ्लायर्स राख्ने एक छात्रालाई धम्की दिएको आरोपमा चिनियाँ विद्यार्थीलाई अमेरिकामा नौ महिनाको जेल सजाय तोकिएको छ ।

बर्कली कलेज अफ म्युजिक बोस्टनमा सन् २०२२ मा एक चिनियाँ छात्राले राखेको सो फ्लायर्समा ‘हामी स्वतन्त्रता चाहन्छौँ, हामी प्रजातन्त्र चाहन्छौँ, हामी माया चाहन्छौँ, चिनियाँ जनताको साथमा छौँ’ भन्ने व्यहोरा उल्लेख थियो । त्यसको प्रतिक्रियामा सियाओलेइ वु नामका चिनियाँ विद्यार्थीले ती छात्राको हात काट्ने धम्की दिएका थिए । संघीय न्यायाधीशले उनको जेल सजाय पूरा भएपछि चीन फिर्ता पठाउन आदेश दिएका छन् ।

सो फ्लायर्स विदेशमा भएका चिनियाँले लोकतन्त्र पक्षधर गतिविधि अघि बढाइरहेका बेला राखिएको थियो । वुले ती छात्रालाई प्रत्यक्ष रूपमा तथा वी च्याट र इन्स्ट्राग्राममार्फत धम्की दिएका थिए । उनले आफूले ती छात्राका गतिविधि चिनियाँ अधिकारीलाई जानकारी गराउने समेत धम्की दिएका थिए । बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्