site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इटालीका राष्ट्रपतिसमक्ष राजदूतले गरे ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मंगलबार त्यहाँका राष्ट्रपति सेर्गियो माटारेलासमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

त्यसअवसरमा राष्ट्रपति माटारेलाले इटाली र नेपालबीचको सुमधुर सम्बन्धबारे चर्चा गर्दै दुवै मुलुकबीच आर्थिक तथा जनस्तरको सम्बन्ध विस्तारमा जोड दिएको जेनेभास्थित नेपाली राजदूतावासले बिहीबार जनाएको छ ।

राजदूत सुवेदीले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट राष्ट्रपति माटारेलाको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इटालीका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए । उनले नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकासबारे जानकारी दिँदै वर्तमान सरकारका प्राथमिकता सम्बन्धमा राष्ट्रपतिलाई अवगत गराएका थिए । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro