site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बास्केटबल टोली चीन जाने
Dabur Nepal
NIC Asia

काठमाडौं । बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाई थ्री बास्केटबलमा सहभागी हुन चार खेलाडीसहित पाँच सदस्यीय टोली बिहीबार चीनको युन नान प्रस्थान गर्ने भएको छ ।

विजय बुर्जा कप्तान रहेको टोलीको अन्य खेलाडीमा निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन् । प्रशिक्षकमा सुशिल गुरुङ छन् । बुधबारदेखि सुरु भइसकेको प्रतियोगिता एक साता चल्नेछ । नेपालको खेल भने शुक्रबारदेखि सुरु हुनेछ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा नेपालका लागि लिनिङको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक कम्पनी प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजन महर्जनले खेलाडीलाई लिनिङको गियर प्रदान गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २१:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro