site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु

मनिला । फिलिपिन्सको स्वास्थ्य विभाग (डीओएच)ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा ६ जनाको मृत्युसहित गर्मीसम्बन्धी  रोगका कम्तिमा ३४ वटा घटना प्राप्त भएको जनाएको छ । मृत्युको कारण भने स्पष्टरूपमा अझै पुष्टि हुन बाँकी रहेको डिओएचका सहायक सचिव अल्बर्ट डोमिङ्गोले बताए ।  

गर्मीसम्बन्धी ३४ घटनामध्ये फिलिपिन्सको केन्द्रीय भिसायास क्षेत्र, उत्तरी फिलिपिन्सको इलोकोस क्षेत्र र दक्षिणी फिलिपिन्सको सोक्सस्कार्गेन क्षेत्रबाट रिपोर्ट गरिएको थियो ।

Dabur Nepal
NIC Asia

राज्य मौसम ब्युरोले गर्मी सूचका‌क ४२ डिग्री सेल्सियसभन्दा बढी खतराको स्तरमा पुग्ने चेतावनी दिएपछि मेट्रो मनिलासहित पाँच क्षेत्रका एघार क्षेत्रले बुधबार व्यक्तिगत कक्षाहरू स्थगित गरेका छन् ।  ब्युरोले तातो मौसमका कारण दुखाइ, गर्मीको थकान र गर्मीको स्ट्रोक पनि निम्त्याउन सक्ने चेतावनी दिएको छ । 

यसै महिनाको सुरूमा ब्युरोले फिलिपिन्सभर केही क्षेत्रमा ५१ डिग्री सेल्सियससम्मको तापक्रमको चेतावनी दिएको थियो । यसले आगामी महिनासम्म गर्मी बढ्दै जाने देखाएको छ । बढ्दो गर्मी मौसमले विद्यालयहरूलाई विद्यार्थी तथा बालबालिकालाई उच्च गर्मीको प्रभावबाट जोगाउन अनलाइन कक्षाहरू सञ्चालन गर्न बाध्य पारेको छ ।

अत्यधिक गर्मीबाट हुने सम्भावित जटिलताहरूबाट बच्न ब्युरोले जनतालाई बाहिरी गतिविधिहरू सीमित गर्न र प्रशस्त पानी पिउन सल्लाह दिएको छ । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro